काठमाडौं – नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा रवि सिंह निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनबाट सिंहले ७ सय ६५ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

अध्यक्ष पदको लागि सिंह सहित तीन जनाको उम्मेदवारी परेको थियो । अध्यक्षका अन्य प्रत्याशीमा निकोलस पाण्डे र हुमनाथ कोइराला हुनुहन्थ्यो । सिंहले ७६५ मत पाएर अध्यक्षमा विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी पाण्डेले ३३७ र कोइरालाले ३२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी महासङ्घको वरष्ठि उपाध्यक्ष पदमा आङ दोर्जी लामा ५६३ मत प्राप्त गरी विजयी भएको छ भने लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशबाट उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट उपाध्यक्षमा प्रकाशबहादुर सेठी निर्विरोध निर्वाचित हुनु भएको छ । महासङ्घकै महासचिवमा रोशन दाहालले ७१९ मत ल्याएर विजयी भएको छ ।