काठमाडौं – आज देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा निम्न चापीय प्रणाली कायम रहेको छ । सोमबार देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू–भागको एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मङ्गलबार भने देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । यसैगरी बुधबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा अपराह्नतिर मेघ गर्जन्चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।