फाइल तस्वीर
काठमाडौं – सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव आजको बैठकमा पेश भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा महाभियोग प्रस्ताव माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङले पेश गर्नुभएको हो ।

नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवम् प्रतिनिधिसभा नियमावली २०७५को नियम १६१ अनुसार माओवादी केन्द्रका सांसद गुरुङका साथै काङ्ग्रेस सांसद पुष्पा भुसाल र एकीकृत समाजवादी सांसद जीवनराम श्रेष्ठ प्रस्तावक एवम् ९५ जना समर्थक पेश भएको प्रस्ताव आइतबार प्रतिनिधिसभा बैठकमा पेश गरिएको हो । प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग प्रस्ताव पेश गर्न सांसद गुरुङलाई समय दिनुभएको थियो ।