फाइल तस्वीर
काठमाडौं — राष्ट्रिय ध्वजा बाहक कम्पनी नेपाल वायुसेवा निगमले साताको दुई दिन जापानको नारितामा सिधा उडान गर्ने भएको छ । निगमले आगामी चैैत १८ गतेदेखि जापानको नारितामा प्रत्येक मङ्गलबार र शुक्रबार गरी दुई दिन उडान गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको छ ।

नेपाल वायुसेवाले अहिले हप्तामा शुक्रबार एकदिन मात्र नारितामा उडान गर्दै आएको छ । निगमको थप एक दिन गरी दुई दिनको नारिता उडानले जापान जाने आउनु नेपालीहरुको साथै जापानिज पर्यटकहरु भित्र्याउन समेत फलदायी हुने बताइएको छ । निगमले पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण स्थगित भएका अन्तर्राष्ट्रिय उडानका गन्तव्यहरुमा धमाधम सेवा विस्तार गर्न लागेको छ ।