फाइल तस्वीर
काठमाडौं– वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले नेपाली काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक पदबाट राजीनामा दिनु भएको छ । संयोजक घिमिरेले आगामी नेपाल बार एशोसिएसनको भावि नेतृत्वको लागि प्रजातान्त्रिक समूहबाट उम्मेदवारी दिनु हुने भएकाले काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक पदबाट राजीनामा दिनु भएको हो ।

संयोजक घिमिरेले प्रधानमन्त्री समेत रहनु भएका पार्टीसभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिनुभएको नेपाली काङ्ग्रेस पार्टी कार्यालयले जनाएको छ । वरिष्ठ अधिवक्ता घिमिरेको संयोजकत्वमा गठित काङ्ग्रेसको निर्वाचन समितिले गत मङ्सिरमा काङ्ग्रेसको १४ औं महाधिवेशन निर्वाचन सम्पन्न गरेको थियो ।