फाइल तस्वीर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मगरले सुदूरपश्चिमलाई खेल पर्यटनका माध्यमबाट चिनाउनुपर्ने बताएका छन् । शनिबार धनगढीस्थित क्षेत्रीय रङ्गशालामा सुदूरपश्चिम खप्तड गोल्डकप समापन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लोपटक सुदूरपश्चिममा सर्वाधिक धनराशि भएका खेलकुद भइरहेकाले यो क्षेत्रलाई सांस्कृतिक, धार्मिक तथा प्राकृतिक पर्यटन मात्र नभएर खेलकुदका माध्यमबाट चिनाउन आवश्यक रहेकामा जोड दिए ।

मन्त्री आलेले धनगढी रङ्गशालामा रात्रिकालीन खेल हुने गरी स्तरोन्नति आवश्यक रहेको जनाउँदै यसका लागि आवश्यक बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देश समेत दिए । उनले भने, ‘‘वर्तमान सरकारले जन अपेक्षाअनुसार काम गरिरहेको छ । म जनताको शीर नझुक्ने गरी नयाँ नयाँ काम गर्छु । ”