फाइल तस्वीर
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट खण्डित नेकपा (एकीकृत समाजवादी) पार्टी खारेजी, माधवकुमार नेपाल सहित १४ सांसदलाई गरेको कारवाही गरिएको सदरसहितको माग गरी दायर रिटमा आज आइतबार सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । नेकपा एमालेका अध्यक्ष ओलीद्वारा दायर गरिएको रिटको सुनुवाई न्यायाधिशद्वय ईश्वर खतिवडा र कुमार चुडालको इजलासमा हुन लागेको हो ।

एमालेका तर्फबाट अध्यक्ष ओलीद्वारा नेकपा एकीकृत समाजवादीको खारेजी, १४ सांसदलाई एमालेले गरेको कारवाहीको टुङ्गो लगाउनु पर्ने तथा लुम्बिनी प्रदेशमा नेकपा भएपछि निर्वाचित बिमला वलीलाई पार्टीले गरेको कारवाहीको निर्णय समेत टुङ्गो लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको थिए । यसअघि यो मुद्दामा अदालतले कारण देखाउ आदेश जारी गरेको थियो । आइतबार सुनुवाईपछि अन्तरिम आदेश जारी हुन सक्ने छ ।