काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय तोक्ने कार्यसूची रहेको छ ।

संसद सचिवालयले हिजो साँझ प्रकाशित गरेको बैठकको सम्भावित कार्यसूचीमा सो प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्ने विषय उल्लेख गरिएको छ ।

यसअघि नै प्रतिनिधिसभाले महाभियोग अध्ययन तथा सिफारिस समिति बनाइसकेको छ ।

सत्तागठबन्धनका सांसदहरूले राणामाथि महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्तापछि राणा निलम्बनमा पर्नुभएको छ ।

यस्तो छ सम्भावित कार्यसूचीः