काठमाडौं – आज आइतबार देशका पहाडी भू–भागमा आंशिक बदली भइ अन्य स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ । पूर्वी हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै राति गण्डकी प्रदेश र प्रदेश १ का पहाडी क्षेत्रमा आंशिक बदली रहि अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव कायमै छ ।