काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली भइ अन्य स्थानको मौसम सामान्यतया सफा रहने छ । अहिले गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

आज शनिबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति भने देशभर मौसम सामान्यतया सफा रहने छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण पहाडी क्षेत्रमा मौसम बदली हुने देखिएको हो ।