फाइल तस्वीर
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । राजधानीको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आज बिहान ११ बजे सुन हुन लागेको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत हुने देशको वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदनमाथि गहन छलफल हुनेछ ।

पार्टीले आगामी स्थानीय तहको निर्वाचनका सन्दर्भमा लिइने रणनीति र सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा समेत बैठकमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नवसञ्चार अनलाइनलाई बताउनु भएको छ ।

फागुन २३ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।सोही अनुसार आज एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।