काठमाडौं – राष्ट्रिय भूमि आयोगले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । सर्भेक्षक र अमिन पदमा करारमा काम गर्नका लागि आयोगले १ सय ९९ जना कर्मचारी माग गर्दै आवेदन खुला गरेको हो ।

इच्छुक र योग्य व्यक्तिले सात दिनभित्र आवेदन दिन सक्ने आयोगले जनाएको छ । परीक्षाको किसिम अन्तर्वार्ता हुने जनाइएको छ । कार्यक्षेत्र आयोगले तोके अनुसार हुनेछ । आयोगको बेवसाइटबाट दरखास्त फाराम डाउनलोड गर्न सकिनेछ ।

हेर्नुहोस् सूचना