फाइल तस्वीर
काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज सोमबार पनि बस्दैछ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक अहिले बिहान ११ बजे बानेश्वरस्थित अनुपम फुडल्याण्डमा बस्ने भएको छ । उक्त पार्टीको केन्द्रीय समितिको बैठक २० गते शुक्रबारबाट सुरु भएको हो । हिजो आइतबार दुईपटक सारिएको बैठक आज बस्न लागेको हो ।

आज बस्ने केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्नेदेखि स्थायी समिति, पोलिटब्युरो गठन गर्ने र केन्द्रीय समितिलाई पूर्णता दिने कार्यालय सचिव ढकालले नवसञ्चार अन्लाइनलाई बताउनु भयो । गत शुक्रबार शुरु भएको बैठकमा पार्टी अध्यक्षले रिपोटिङ् र एमसीसीलगायतका विषयमा आफ्नो भनाइ राख्नुभएको थियो ।

हिजो प्रतिनिधिसभाको बैठक र पार्टी कै आन्तरिक गृहकार्य गर्नु पर्ने भएकोले बैठक स्थागित भएको कार्यालय सचिव ढकालले जानकारी गराउनु भएको छ । आज बस्ने केन्द्रीय समितिको बैठकले पार्टीको नयाँ साङ्गठनिक संरचना अनुसार पदाधिकारीसँगै स्थायी समिति, पोलिटब्युरोको चयन गर्ने, केन्द्रीय समितिलाई पनि पूर्णता दिंदै केन्द्रीय समितिको बैठकको आजै सक्ने योजना रहेको माओवादी पार्टी कार्यालयका सचिव ढकालले बताउनु भयो ।

नेकपा माओवादी केन्द्रको गत पुसमा सम्पन्न आठौं महाधिवेशन सम्पन्न भएको थियो । उक्त पार्टीले हालसम्म पार्टीको संरचना तयार गर्न सकेको थिएन । पार्टी पदाधिकारीका लागि आकांक्षी धेरै भएकाले अध्यक्ष प्रचण्डलाई पदाधिकारी चयन गर्न सकस परेको छ ।