काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज आइतबार सरकारले गत आर्थिक वर्षमा गरेका काम र उपलब्धीसम्बन्धी प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउनुभएको छ ।

महाराजगञ्ज स्थित राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनमा सरकारले हाँसिल गरेका प्रगतिसम्बन्धी प्रतिवेदन बुझाउनुभएको छ ।

यस्तै प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष देउवाले परिषद्को आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष बुझाउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।