फाइल तस्वीर


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकको समय पर सरेको छ । आइतबार ११ बजेका लागि तय भएको केन्द्रीय कमिटी बैठक २ बजेका लागि सारिएको हो ।


पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक २ बजे बस्नेगरी तय भएको छ । उक्त पार्टीको केन्द्रीय समितिको बैठक शुक्रबारबाट सुरु थियो । शुक्रबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठले रिपोर्टिङ् गर्नुभएको थियो ।


आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बस्ने मुख्यसचिव ढकालले बताउनु भएको छ । आज हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे उठेका प्रश्नहरुको जवाफ दिएपछि बैठक नियमित कार्यसूचीमा प्रवेश गर्ने र छलफल हुनेछ । माओवादी केन्द्रीय समितिको बैठकले पार्टी संगठनको नयाँ संरचना अनुसार केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्नेदेखि कार्य विभाजन समेत गर्ने छ ।