फाइल तस्वीर
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को शुक्रबार स्थगित भएको केन्द्रीय समितिको बैठक आज ११ बस्दै छ । शुक्रबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेकोे हो ।

केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने, नेताहरुको कार्य विभाजनदेखि स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा सदस्य थप्ने एजेण्डा रहेको छ । बैठकले स्थानीय निर्वाचनको रणनीति पनि तय गर्ने छ । शुक्रबारको बैठकमा प्रचण्डले एमसीसी कसरी पारित गर्नुपर्ने अवस्थामा पुगियो भन्नेबारे रिपोर्टिङ्ग गर्नु भएको थियो ।

वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमसीसीका बारेमा फरक मत राख्नुभएको थियो । यसैगरी नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लीलामणि पोखरेलले लिखितरुपमा फरक मत राख्नु भएको छ ।