साङ्केतिक तस्वीर

दाङ – प्यूठानमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जना पैदल यात्रीको मृत्यु भएको छ । प्यूठान नगरपालिका– ७ पूण्यखोलाका ५५ बर्षका रणबहादुर घर्तीको उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

शुक्रबार प्यूठानको विजुवारबाट बाग्दुला जादै गरेको लु ५७ प ३३४६ नम्बरको मोटरसाइलको ठक्करबाट घर्ती गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार ठक्कर दिने मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । घटनापछि मृतकका आफन्तले स्वर्गद्वारी क्याम्पस अगाडि चक्काजाम समेत गरेका थिए ।