१७ असोज २०८१, बिहिबार
भर्खरै
★   लेबनान स्वास्थ्य प्रणाली समाधान गर्न सङ्घर्षरत छ : डब्ल्यूएचओ प्रमुख ★   पर्यटकको पर्खाइमा होटल व्यवसायी ★   घटेन गण्डकीमा डेङ्गी सङ्क्रमण एघार हजार पाँच सय ९० जनामा सङ्क्रमण पुष्टि ★   बाढीपहिरो र डुबान प्रभावित १७ हजारभन्दा बढीको सकुशल उद्धार, २२ जनाको खोजी कार्य जारी ★   बाढीपहिरो पीडितहरुलाई राहत सामग्री हस्तान्तरण ★   अवरुद्ध सडक सञ्चालन गर्न तीव्र रुपमा पहिरो पन्छाइँदै ★   बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति ★   विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन ★   बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार : गृह मन्त्रालय ★   बाढीबाट ललितपुर–१ वडा कार्यालयमा ८० लाखको क्षति ★   कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छः मन्त्री भण्डारी ★   कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै ★   ‘कृत्रिम अभ्यास विपद् प्रतिकार्यको उपयोगी सन्देश’ ★   ‘लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने’ ★   दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसवर्ष घट्यो ★   प्रधानमन्त्री ओली र बङ्गलादेशका मन्त्री हसनबीच शिष्टाचार भेट ★   हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ★   सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ★   नेत्रज्योति सङ्घद्वारा बाल सेवाघरमा आँखा परीक्षण ★   विपद् र हाम्रो बिग्रिएको बानी

पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि, कति पुग्यो त ग्यास पेट्रोलको मूल्य ?


काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनःवृद्धि गरेको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकै पटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ३३ रुपैयाँ भएको छ । आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५ दशमलव ३४ रुपैयाँ घाटा भइरहेता पनि नबढाउने निर्णय लिएको छ । हवाई इन्धनको मूल्य पनि समायोजन भएको छ ।

आयल निगमका सह–प्रवक्ता पुष्कर कार्कीले यो मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा २ अर्ब ५० करोड घाटा हुने बताउनुभयो । फागुनसम्म मात्रै निगमलाई २८ अर्ब नोक्सानी हुने देखिएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ । निगम सञ्चालक समितिले आर्थिक सङ्कट गहिरिएको भन्दै कर्मचारीलाई दिँदै आएको पोसाक संरक्षण खर्च कटौती गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्