काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको सङ्घीय संसद सचिवालयले जनाएको छ । एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७७÷७८’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत् गर्ने र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची रहेको छ ।

गत आइतबारको संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो ।