काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भइसकेपछि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । पार्टीको धारणा सार्वजनिक गर्न आज दिउँसो १ बजे भक्तपुरको गठ्ठाघर स्थित जर्मन हाउसमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

देशको पछिल्लो राजनीतिक घटनाक्रम र एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्ने हुनुभएको हो ।

माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले एमसीसी संसदबाट पास भएपछि हिजो सोमबार नै आ–आफ्नो धारणा सार्वजनिक गरिसकेका थिए ।