काठमाडौं – देशका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा आज दिउँसोको मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

अहिले बिहान पनि देशका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज राति पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।