काभ्रे – काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा आज शङ्कास्पद वस्तु फेला परेको छ । अरनिको राजमार्गअन्तर्गत बनेपा, पुलबजारमा शङ्कास्पद वस्तु फेलापरेको हो । उक्त वस्तुका कारण अहिले अरनिको राजमार्ग अवरुद्ध छ ।

अहिले पुलबजारको खडकखण्ड बन्द गरिएको छ । नो एमसीसी लेखिएको शङ्कास्पद वस्तु भएको क्षेत्रलाई प्रहरीले सुरक्षा दिएको छ । उक्त शङ्कास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ ।