काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा आज ६ वटा कम्युनिस्ट सङ्गठन र दुईवटा मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।

बन्द गराउन हिँडेका ६ जना बन्दकर्ताहरुलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको छ । बन्दकर्ताले काठमाडौंको सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् भने चाबहिल र कलङ्कीमा पनि तीन वटा बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ । बन्दलाई शान्तिपूर्ण बनाउन सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।