काठमाडौं – आज देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिक बदली हुने जनाइएको छ । उल्लेखनीय मौसमी प्रणाली नभएका कारण मौसम अधिकांश रुपमा सफा रहने भएको हो ।

अहिले पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा हुने मौसमविदले बताएका छन् । प्रदेश १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति पहाडी भू–भागमा आंशिक बदली तथा अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।