काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी)माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पारित भएर आधा घण्टाको लागि स्थगित गरिएको प्रतिनिधिसभाको दोस्रो बैठक पुनः सुरु भएको छ ।

एमसीसीका बारेमा सामान्य छलफलको प्रस्ताव पारित भएपछि स्थगित भएको बैठक पुनःसुरु भएको हो । दोस्रो बैठकको कार्यसूची अनुसार अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । कार्यसूचीको दोस्रो नम्बरमा एमसीसी सम्झौता अनुमोदनको प्रस्ताव पेश हुँदैछ । दुवै प्रस्ताव अर्थमन्त्री शर्माले पेश गर्नुहुनेछ ।

प्रतिनिधिसभाको बैठकबाट एमसीसीबारे सामान्य प्रस्ताव पारित भएपछि बानेश्वरस्थित संसद भवनमा बसेको मन्त्रिपरिषद्को बैठकले एमसीसीको व्याख्यात्मक घोषणा पारित गरेको छ । सरकारले व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट आजै एमसीसी पारित गर्ने तयारी गरेको छ ।