फाइल तस्वीर


काठमाडौं – प्रतिनिधिसभाको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई आजै अनुमोदन गर्ने भएको छ । पहिलो चरणको बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरुको सैद्धान्तिक छलफल सकिएपछि आजै साँझ साँढे छ बजे पुनःदोस्रो चरणमा एमसीसी निर्णयार्थ पेश गर्ने तयारी रहेको सभामुख अग्निप्रसाद सापकोटाले बताउनुभएको छ ।

गठबन्धनमा भएको सहमतिलाई मन्त्रिपरिषदले ग्रहण गरेर संसदमा अनुमोदनका लागि लगिने बताइएको छ । यसैबीच अबको केहीबेरमै मन्त्रिपरिषद् बैठक बस्दैछ । संसद भवनमै बस्ने मन्त्रिपरिषद्को उक्त दोस्रो चरणको बैठकले एमसीसीबारेको व्याख्यात्मक घोषणालाई ग्रहण गर्नेछ । यद्यपी, एमसीसीबारेको व्याख्यात्मक घोषणालाई अमेरिकाले मान्ने नमान्ने एकिन गर्न सकिंदैन । यस्तो घोषणाको कानूनी हैसियत शून्य हुने कानुनविद्हरु बताउँछन् । उनीहरु भन्छन्– व्याख्यात्मक घोषणा लाज ढाक्ने टालो मात्रै हो ।