फाइल तस्वीर

काठमाडौंं – अमेरिकाका लागि प्राध्यापक श्रीधर खत्री राजदूतमा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खत्रीलाई अमेरिकाका लागि नेपालको राजदूतमा नियुक्त गर्नुभएको हो ।

सरकारले गत कार्तिक ११ गते बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतका लागि डा. शङ्कर शर्मा, अमेरिकाका लागि प्राध्यापक श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतमा सिफारिस गरेको थियो ।

अमेरिकाका लागि सिफारिस हुनु भएका प्राध्यापक खत्री साउथ एसिया सेन्टर फर पोलेसी स्टडिज काठमाडौँका कार्यकारी निर्देशक, रिजनल सेन्टर फर स्ट्राटेजिक स्टडिज कोलम्बोका पूर्वकार्यकारी निर्देशक र कार्यकारी निर्देशक इन्स्टिच्युट अफ फरेन अफयेर्स काठमाडौँका कार्यकारी निर्देशक हुनुहुन्थ्यो । उहाँले सिटी कलेज न्यूयोर्क र कोलम्बिया युनिभसिर्टीबाट स्नातकोत्तर गर्नुभएको खत्री लन्डन स्कुल अफ इकोनोमिक्सका भिजिटिङ स्कलर हुनुहुन्छ ।

नेपालको संविधानको धारा २८२ बमोजिम खनाललाई राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।