काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक आज बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न बैठक अहिले बिहान ११ बजे बस्ने भएको हो ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नुअघि एकीकृत समाजवादीले स्थायी समितिको बैठक बोलाएको हो ।