काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गर्नुभएको छ । बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालयमा हिजो शनिबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै नेताले आगामी निर्वाचनका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताउनुभयो ।

उहाँले एमालेलाई घेर्ने बन्दी बनाउने योजना सफल नहुने पनि जिकिर पनि गर्नुभयो । प्रदेश सांसद एवं एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाले स्थानीय तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउन एकजुट हुन आग्रह गर्नुभयो । रासस