फाइल तस्वीर
काठमाडौं – प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान साढे ११ बजे समितिको बैठक बस्नेगरी आह्वान गर्नु भएको छ । सापकाटाले आइतबार (आज) बिहान साढे ११ बजेका लागि बैठक बोलाएका हुन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जनाएको छ । समितिको बैठक पछि आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक पनि बस्नेछ । प्रतिनिधिसभाको बैठकमा कुन कुन विषयमा छलफल हुने भन्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्ने छ ।

विगत लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदको बैठक नाराबाजी गर्दै अवरोध खडा गर्दै आएको छ । आज बिहान बस्ने परामर्श समितिको बैठकमा यसबारेमा पनि छलफल हुनेभएको छ । कार्यव्यवस्था परामर्श समितिको यस अघिका बैठकहरुलाई समेत एमालेले बहिस्कार गर्दै आएको छ । सम्भवत आजको बैठकमा पनि एमालेका सांसदहरु उपस्थित हुने सम्भावना न्यून रहेको छ ।