फाइल तस्वीर

काठमाडौं – सत्ताघटक दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु अहिले पनि रक्तपातहीन युद्धमा रहेको बताउनु भएको छ । नेपालमा सशस्त्र युद्ध सुरु भएपछि पहिलो सहिद बनेका गोरखाका दिबहादुर रम्तेलको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ‘युद्ध रोकिएको छैन, रक्तपातहीन युद्ध जारी छ, भन्दै ‘बदलिंदो राजनीतिक परिस्थितिमा पछि हटेको जस्तो देखिएको मात्रै हो भन्नु भएको छ । ‘युद्ध र राजनीति भनेको माओत्सेतुङले भनेजस्तै हो । युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो । राजनीति भनेको रक्तपातहीन युद्ध हो । अहिले हामी रक्तपातहीन युद्धमा छौं । युद्ध सकिएको छैन । युद्ध रोकिएको छैन । खालि हामी हिंसामा छैनौं हामी । बन्दुक लिएका छैनौं हामीले । युद्ध त जारी छ ।’ अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा यस्तो अभिव्यक्ति दिनु भएको हो ।