काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको चुनावका लागि दल दर्ता गराउने भएको छ । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेपछि आयोगले दल दर्ताका लागि आह्वान गरेको हो ।

आयोगको आह्वान अनुसार एमालेले आज दल दर्ता गराउन निर्वाचन आयोग जान लागेको प्रचार विभागका उप–प्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार दल दर्ता गर्न एमाले महासचिव शङ्कर पोखरेलको नेतृत्वमा साढे १२ बजे पार्टीको प्रतिनिधिमण्डल आयोग जाँदैछ ।