काठमाडौं – गए राति चन्द्रागिरी नगरपालिका–७ स्थित सडक पेटीमा रोकी राखेको माइक्रोबसमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक २६ वर्षीय आकाश रानाभाट रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलङ्की स्थित शहीद मेमोरियल अस्पतालमा राती साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

चेकपोष्टबाट चन्द्रागिरी जाँदै गरेको प्रदेश ३, ०२, ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकी राखेको बा २ ख ७०४९ नम्बरको माइक्रो बसमा ठोकिएको थियो । दुर्घटनामा मृतक चालकको मोटरसाइकल र माइक्रोबसका चालकलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।