काठमाडौं – प्रतिनिधसभाको बैठक आज बस्दै छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे छलफलका लागि प्रतिनिधसभाको बैठक आज दिउँसो आज १ बजे बोलाइएको हो ।

बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामशर्म समितिको बैठकसमेत बसेको थियो तर अन्तिम समयमा आएर सोही बैठकमा सरकारले एक दिनको समय मागेपछि संसद बैठक स्थगित गरी आजलाई सारिएको थियो ।

एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच अझै सहमति हुन सकेको छैन । बिहीबार दिनभर प्रधानमन्त्री शेरबहादुर देउवा र सरकार सक्रिय भए पनि कुनै सहमति भएको छैन । सत्तारुढ दलहरू विभाजित भएका छन् । सत्ता गठबन्धन कायम रहने कि फुट्ने भन्ने अनिश्चित छ । आज बस्ने संसद बैठकमा एमसीसीका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।