काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बस्ने गरी स्थगन गरिएको छ । भोलि दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ ।

बिहीबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गरिने उल्लेख छ । प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने तय छ ।

आजका लागि बोलाइएको बैठक सरकारको आग्रहमा भोलिका लागि सारिएको सभामुख अग्निप्रसाद सापकोटा सचिवालयले जनाएको छ । गत आइतबारको प्रतिनिधिसभा बैठकमा टेबल गरिएको एमसीसी सम्झौताबारे अझै संसदमा छलफल हुन सकेको छैन ।