फाइल तस्वीर

पर्वत – अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सहमतिबिना अमेरिकी सहायता परियोजना एमसीसी पारित नहुने बताउनुभएको छ । उहाँले पर्वत उद्योग वाणिज्य सङ्घको ४६औँ स्थापना दिवस तथा ३९औँ साधारणसभा कार्यक्रममा राष्ट्रिय मुद्दा बनिसकेको एमसीसी समाधान भएर सजिलै पारित नहुने बताउनुभएको हो ।

एमसीसीले समाज र पार्टीहरुलाई विभाजनमा ल्याएको भन्दै अर्थमन्त्री शर्माले कसैले पनि ‘मेरो गोरुको बाह्रै टक्का’ नभनी राष्ट्रिय सहमतिका आधारमा समाधान गर्नुपर्ने बताउनुभयो । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीमा मन्त्री शर्माले एमसीसीमाथि छलफल गर्न प्रस्ताव गर्ने कार्यक्रम थियो । तर एमसीसीमाथि छलफल प्रस्ताव गर्नुपूर्व नै मन्त्री शर्मा हिजो बुधबारै पर्वत जानुभएको थियो । यद्यपि आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।