फाइल तस्वीर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले गठबन्धन बन्ने र भत्किने कुरा ठूलो नभएको बताउनु भएको छ । बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले भन्नुभयो ‘आवश्यक परे सडक तताउने मात्रै होइन, बाल्छौं पनि ।’

नेता खनालले एमसीसीबारे जति छलफल भए पनि कुरा नमिल्ने दाबी समेत गर्नुभएको छ । उहाँले ‘एमसीसीको कुरा कहिल्यै मिल्दैन । एकथरी महाशक्तिका पछि लागेका छन्, हामी देशको सार्वभौमिकता जोगाउन लागेका छौं ।’