काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार एक रिट दर्ता भएको र अर्को रिट दर्ता हुनेक्रममा रहेको छ ।

अधिवक्ताहरू डा. पुण्य खतिवडा र दीपक मिश्रले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको हो । अधिवक्ता द्वयले महाभियोग प्रस्ताव नै असंवैधानिक भएको भन्दै खारेज गर्न माग गर्नुभएको छ ।

रिटमा महाभियोग प्रस्तावपछि निलम्बनमा रहनुभएका प्रधानन्यायाधीश राणालाई बहाल गर्न अन्तरिम आदेश पनि माग गरिएको छ । सत्ता गठबन्धनका सांसदहरूले राणाविरुद्ध महाभियोग दर्ता गराएका छन् ।