काठमाडौं – नेपाल बार एसोसिएसनले आगामी चैत १९ गते हुने निर्वाचनको तालिका प्रकाशित गरेको छ । नेपाल बारले सार्वजनिक
गरेको निर्वाचन तालिका अनुसार आज मतदाता नामावली प्रकाशित गर्ने भएको छ ।

तालिका अनुसार, २३ फागुन २०७८ मा उमेद्वारी मनोनयन दर्ता गर्नुपर्नेछ । त्यसपछि करिब तीन साताभन्दा बढी प्रचारप्रसारका लागि समयावधि मिलाइएको छ ।
चैत १९ गते देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुनेछ । बारले निर्वाचन केन्द्र पनि तोकेको छ । बारको अहिलेको कार्यसमितिको कार्यकाल सकिन लागेकाले नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको हो ।

हेर्नुहोस् निर्वाचन तालिका :