बैतडी – बैतडीमा सोमबार दिउँसो भएको टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा थप एक जनाको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन– ३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थी हुन् भने पाटन नगरपालीका ३ का १२ वर्षीय राजेन्द्रप्रसाद पन्तको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मध्ये थप एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।