फाइल तस्वीर


काठमाडौं – एमसीसी प्रकरणलाई लिएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच मतऐक नभएपछि आजको सचिवालय बैठक स्थगित भएको छ । बैठक स्थगित गरेर दुई नेतामात्रै छलफलमा जुटेका छन् ।

शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले एमसीसीको विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको थियो । सचिवालय बैठक स्थगित गरेर अहिले अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच सोही विषयमा छलफल भैरहेको छ ।

हिजो आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी प्रस्ताव पेश पछि सम्मानित नेता खनालले चर्को विरोध गरेका थिए । नेता खनालले एमसीसी पेश गर्न दिने पार्टी निर्णय नभएको प्रतिक्रिया दिएका छन् । गठबन्धन दलको बैठकमा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश गर्ने सहमति गरेपछि एमसीसी संसदमा पेश भएको थियो ।