काठमाडौं – प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी)को एकैपटक सरुवा गरेका हुन् ।

कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा पन्त, गोपाल चन्द्र भट्टराई, गोविन्द थपलिया, डा. मनोज कुमार केसी, तुलबहादुर कार्की र दयानिधि ज्ञवालीको सरुवा भएको हो । यसैगरी दानबहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल, विमल राज कँडेल, बीरबहादुर ओली, रविन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी र शेखर खनालको पनि सरुवा भएको छ ।

उनीहरूलाई फागुन महिनाको तलबभत्तासहितको सुविधा हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सरुवा सूची