काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्याक्ट एमसीसीको विपक्षमा रहेको बताउनुभएको छ ।

सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष दाहालले एमसीसी टेबल गर्न हुन्न भन्दै प्रदर्शनमा उत्रिएकाहरुमाथी भएको प्रहरीको दमनको विरोध गर्दे घाइतेको शिध्र स्वास्थ लाभको कामना गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ – विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।