काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबुल गरेको विरोधमा नयाँबानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । आज दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल गरिएपछि संसद भवनअगाडि जारी प्रदर्शनका कारण बानेश्वर क्षेत्रको अवस्था तनावग्रस्त बनेको हो ।

एमसीसी संसदमा टेबुल भएको विरोधमा राष्ट्रिय जनमोर्चा, सत्तारुढ दल नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका भ्रातृ संगठनका कार्यकर्ताहरू नारा जुलुस सहित प्रदर्शनमा उत्रिएका हुन् ।

प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन प्रदर्शनकारीमाथि लाठी चार्ज, अश्रुग्यास र रबरको गोली समेत प्रहार गरेको थियो । प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुङ्गा–मुढा प्रहार गरेका थिए । प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी बलका ७ सुरक्षाकर्मी सहित १३ जना प्रहरी घाइते भएका छन् ।