फाइल तस्वीर

काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । गठबन्धन दलका शीर्ष नेताहरुको बैठक पटक पटक बसिसक्दा पनि पनि एमसीसीका बारेमा कुनै साझा धारणा बन्न सकेको छैन ।

अमेरिकी सरकारले नेपालको संसदबाट एमसीसी पास गर्न यही फागुन १६ गतेसम्मको समयसीमा निर्धारण गरेको छ । तर सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले आफ्ना भातृसंगठनहरुलाई सडकमा उतारेर एमसीसी विरुद्ध प्रदर्शन गरिरहेका छन् । सत्ता साझेदार यी दलले संसदमा टेबुल भए पनि संशोधन नगरी अनुमोदन हुन नदिने अडान राख्दै आएका छन् ।