काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी आर्थिक सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) यथास्थितिमा स्वीकार्य नहुने निर्णय गरेको छ । आज बसेको स्थायी समिति बैठकले एमसीसी यथास्थितिमा स्वीकार गर्न नसकिने निर्णय गरेको एस नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार ‘एमसीसीको विषयमा छलफल भयो । यथास्थितिमा एमसीसीको पारित गर्न सकिँदैन, थप निर्णय गर्न केन्द्रीय सचिवालयलाई अधिकार प्रदान गरेको छ ।

एकीकृत समाजवादीका नेता खतिवडाले एमसीसी जबरजस्ती टेबुल गर्ने पक्षमा पार्टी छैन् त्यस अघि सहमति जुटाउन र संसदको अवरोध खोल्न वार्ता गर्ने जबर्जस्ती भएमा त्यही बेला सचिवालयले निर्णय गर्ने बताउनुभयो । खतिवडाले भन्नुभयो, यथास्थितिमा नो एमसीसी ।’ खतिवडाले एमसीसीको विषयमा आम जनताको बीचमा बहस गर्नुपर्ने र संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले यसका कानुनी र अन्य समस्या थुप्रै रहेका र विगतमा सम्झौतालाई पटकपटक संशोधन भएकाले संशोधन गरेर मात्र पारित गर्न सकिने बताउनुभयो । नेता खतिवडाले संसदमा एमसीसी सम्झौता टेबुल गर्न नेकापा एस बाधक नहुने पनि बताउनुभयो ।