हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले अमेरिकी सहयोग परियोजना एमसीसीका कारण राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको बताउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा शनिबार बिहान सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले एमसीसीका कारण मुलुकको राजनीति जटिल मोडमा पुगेको बताउनुभएको हो ।

उहाँले ‘अनुदानले विवाद र अप्ठेरोमा नेपाली राजनीतिलाई पु¥याएको बताउनुभएको छ ।’ मुख्यमन्त्री पाण्डेले यसअघि पनि नेपालका राजनीतिक दलहरु मिलेर धेरै समस्या समाधान गरेको भन्दै यसपटक पनि समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

जनताले अपेक्षा गरे अनुसारको अवस्थामा परिवर्तन अझै आउन नसकेको बताउँदै उहाँले सबै राजनीतिक दलले आर्थिक र सामाजिक पक्ष सुधारमा जोड दिनुपर्ने धारणा बताउनुभयो ।