काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी समिति बैठक आज बस्दै छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे एकीकृत धारणा निर्माण गर्ने विषयमा छलफल गर्न नयाँबानेश्वरस्थित अर्याल होटेलमा आज शानिबार बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीका महासचिव डा.वेदुराम भुसालले समसामयिक राष्ट्रिय राजनीति, स्थानीय निर्वाचनको तयारी, पार्टीको आन्तरिक गतिविधि लगायतका विषयमा छलफल हुने बताउनुभयो ।