काठमाडौं – काठमाडौंको ढुङ्गेअड्डामा रहेको कालिका पेट्रोल पम्प नजिकै विष्फोटक पदार्थजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको छ ।

सो स्थानमा नेपाली सेनाको टोली पुगिसकेको छ । महानरीय प्रहरी परिसर कार्यालका अनुसार सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरी निष्कृय पार्ने तयारी गरिरहेको छ ।