काठमाडौं – आज देशका अधिकांश स्थानमा मौसम सफा रहने भएको छ । देशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हाल देशमा कुनै उल्लेखनीय प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।